• २०८१ बैशाख २१ शुक्रबार

आन्द्रे इनेस्टाले लिए अन्तर्राष्टिय फुटबलबाट सन्यास

kharibot

काठमाडौँ । स्पेनका मिड फिल्डर आन्द्रे इनेस्टाले अन्तर्राष्टिय फुटबलबाट सन्यास लिएका छन् । 

गएराती रसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इनेस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट आफुले सन्यास लिएको घोषणा गरेका छन् ।

३४ बर्षिय इनेस्टाले खेलपछि मिडियासँग कुरा गर्दै भने – ‘यो मेरो अन्तिम खेल थियो । आफुले सोचेजस्तो अन्त्य नभएपनि मेरो अन्तर्राष्ट्रिय क्यारियर सकिएको छ ।’

स्पेनका लागि १३१ खेल खेलेका इनेस्टा स्पेनका लागि धेरै खेल खेल्ने चौथो खेलाडी हुन् । स्पेनका लागि इनेस्टाले १३ गोल गरेका छन् । जसमा २०१० को विश्वकपको फाइनलको निर्णायक गोल पनि सामेल छ ।

यसै सिजनको अन्त्य देखि बार्सिलोना छोडेका इनेस्टा अब व्यावसायिक फुटबल जापानको क्लब =बाट खेल्दै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै