• २०८१ बैशाख २१ शुक्रबार

बार्सिलोनाका लिजेण्ड इनेस्टा अब जापानबाट खेल्ने 

kharibot

इनेस्टा क्लबका मालिक हिरोशी मिकीतानीसँग

काठमाडौँ  । स्पेनीस क्लब बार्सिलोनामा २२ बर्ष भन्दा बढी विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्रे इनेस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् ।

इनेस्टाले बुधबार राति सो बारे जानकारी दिदै जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लबका मालिक हिरोशी मिकीतानीसँग कुरा अन्तिम चरणमा पुगेको बताए । 

उनले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको छ । बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनेस्टालाई जापान आउन आग्रह गरेका थिए । 

स्पेनिस मिडियाले जनाएअनुसार इनेस्टा जे लिगको उत्कृष्ट क्लब मध्येको एक मिसेलबाट खेल्ने पक्का भएको र यसका लागि उनले विहीबार औपचारिक घोषणा गर्ने जनाएका छन् । जे लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको कोबी अहिले सातौ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै