• २०८१ बैशाख २१ शुक्रबार

बार्सिलोनामा इनेस्टा झल्को दिदै पेड्री

kharibot

काठमाडौँ । कठिन समयबाट गुज्रिएको स्पेनिस क्लब बार्सिलोनामा नयाँ प्रशिक्षक जाभी हर्नानडेज भित्रिएपछि पुरानो लयमा फर्किने संकेतहरु देखिएको छ ।

जाभिको कुशल रणनीतिका साथै केहि युवा खेलाडीले देखाएको प्रदर्शनले बार्सिलोनालाई पुरानै लयमा फर्काउने संकेतहरु देखिएको हो । यस्तै आशा देखाएका एक खेलाडी हुन् १९ बर्षिय स्पेनिस खेलाडी पेड्री ।

पेड्रिले बार्सिलोनाका लागि पछिल्लो खेलमा खेलेको भूमिकापछि प्रशिक्षक जाभीले उनीमा बार्सिलोनाका लिजेण्ड खेलाडी आन्द्रे इनेस्टाको झल्को देखेको टिप्पणी गरे । क्याम्प नेउमा भएको खेलमा एथलेटिक क्लबलाई ४-० ले हराउन बार्सिलोनालाई मद्दत गर्दै युवा खेलाडी पेड्रीको उत्कृष्ट प्रदर्शनको निकै प्रसंसा भैरहेको छ ।

खेल हेरेका सबैजना मिडफिल्डरबाट प्रभावित भए, र उनको प्रशिक्षकले पनि पछि केही ठूलो प्रशंसा गरे । जाभीले भने- 'उसले मलाई आन्द्रे इनेस्टाको धेरै सम्झना दिलाउछ । उ निकै उत्कृष्ट छ ।'

यद्यपि इनेस्टा र पेड्रीमा धेरै भिन्नता रहेको पनि बताइन्छ । तर रचनात्मकता, बहुमुखी प्रतिभा, बुद्धिमत्ता, ड्रिब्लिङ क्षमता, र तिनीहरूले स्पेस फेला पार्ने र बल प्रयोग गर्ने सरलताको रूपमा धेरै समानता रहेको छ । दुवै फुर्तिलो छन्, बलमा अविश्वसनीय नियन्त्रण छ, टाइट स्पेसमा धेरै प्रतिभाशाली छन्, र तिनीहरूको पास निकै सटिक छन् ।

१९ बर्षको उमेरमा पेड्री यो तहको खेल निकै उत्कृष्ट रहेको छ । उनी दुई सिजनको लागि मात्र ला लिगाका  खेलाडी भएका छन्, तर जाभीको बार्सिलोना टोलीका साथै स्पेनको राष्ट्रिय टोलीमा उनको नाम अहिले सबै भन्दा अगाडी छ ।

इनेस्टालाई आधुनिक युगका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिन्छ । उनले २००२ देखि २०१८ सम्म बार्सिलोना र राष्ट्रिय टोलीमा आफ्नो छाप छोडेका छन् । इनेस्टा र जाभीले बार्सिलोना र स्पेनिस टिममा धेरै सफल क्षण बिताएका छन् । इनेस्टासँग लामो समय मैदानमा बिताएका तिनै जाभी अहिले पेड्रीलाई उनकै दिशा तर्फ लैजाने मिशनमा रहेका छन् ।

पेड्रीले अहिलेसम्म बार्सिलोनाका लागि ६५ खेल खेलेका छन् भने ६ गोल गरेका छन् । त्यस्तै यस सिजनमा उनले १३ खेलमा २ गोल गरेका छन् । त्यस्तै उनले स्पेनको राष्ट्रिय टिमका लागि अहिलेसम्म १० खेल खेलेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै