• २०८१ बैशाख २१ शुक्रबार

मेसीले इनेस्टालाई दिए यस्तो सन्देश 

kharibot

काठमाडौँ । बार्सिलोनाका प्ले मेकर आन्द्रे इनेस्टाले शुक्रबार बार्सिलोना छोड्ने घोषणा गरेपछि उनलाई विश्वभरका फुटबल खेलाडी र उनका फ्यानहरुले उनको फुटबल क्यारियरको खुलेर तारिफ गरेका छन् ।

यसैबीच बार्सिलोनामा उनकै सहकर्मी खेलाडी लियोनेल मेसीले इनेस्टालाई सुन्दर सन्देश सामाजिक संजालमा पोष्ट गरेका छन् । पत्रकार सम्मेलनमा अन्य खेलाडी उपस्थित भएपनि मेसी र लुइस स्वरेज भने निजी कारणले उपस्थित थिएनन् ।

कार्यक्रममा उपस्थित नभएपनि मेसीले इनेस्टालाई सन्देश पठाउदै बार्सिलोनामा इनेस्टाको २२ बर्षे क्यारियरको खुलेर तारिफ गरेका छन् ।

मेसीले इनेस्टालाई फुटबलमा दिएको यतिका समयका लागि धन्यवाद दिएका छन् । मेसीले भनेका छन्,’ यस खेलमा सँगै रमाउन पाउनु निकै सम्मानको कुरा हो । हामिले सँगै कहिल्लै बिर्सिन नसक्ने समय बिताएका छौ । म नयाँ यात्राको लागि शुभकामना दिन्छु ।’

मेसीले मैदान र मैदान बाहिर इनेस्टा सधै उत्कृष्ट रहेको भन्दै आफुले सधै ‘मिस’ गर्ने उल्लेख गरेका छन् ।  

इनेस्टाले पत्रकार सम्मेलनमा मेसीका बारेमा बोल्दै मेसी आफैमा लिजेण्ड खेलाडी भएको र उनीसँग खेल्न पाउनु गर्वको कुरा भएको बताएका थिए । 

इनेस्टा र मेसीले बार्सिलोनाका लागि ३१ उपाधि सँगै जितेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै