• २०८१ माघ ६ आइतबार

यस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

आज कोशी प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमामा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमाको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

त्यस्तै लुम्बिनी प्रदेशमा मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै