• २०८१ माघ ५ शनिबार

नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य

kharibot

काठमाडौँ । महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।

समुह डी अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै १८.२ ओभरमा अल आउट हुदै ५२ रन बनाएको हो ।

नेपालका लागि साना प्रविनले सर्बाधिक १९ रन बनाएकी थिइन् भने सीमा केसीले १० रन बनाएकी थिइन् । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

आजदेखि शुरु भएको विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै