• २०८१ माघ ६ आइतबार

च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टिमको घोषणा

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले च्याम्पियन्स ट्रफी खेल्ने टिमको घोषणा गरेको छ ।

भारतले रोहित शर्माको कप्तानीमा शनिबार च्याम्पियन्स ट्रफी खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

भारतीय टिममा रोहित शर्मा (कप्तान) शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्डेय, अक्सर पटेल, वाशिंटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहमद शामी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषव पन्त र रविन्द्र जडेजा रहेका छन् । भारतले च्याम्पियन्स ट्रफी अघि इङल्याण्डविरुद्ध तीन खेलको सिरिज पनि खेल्दै छ ।   

च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट सुरु हुँदैछ । भारतले आफ्ना सबै खेल दुबईमा हुने छन् । भारतले पहिलो खेल फेब्रुअरी २० मा बंगलादेशविरुद्ध खेल्दै छ भने दोस्रो खेल फेब्रुअरी २३ मा पाकिस्तान र मार्च २ मा न्यूजील्याण्डविरुद्ध खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै