• २०८१ माघ ५ शनिबार

सरकारले थप कदम नचालेमा आइतबारदेखि अमेरिकामा टिकटक बन्द हुने

kharibot

काठमाडौँ । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कारबाही नगरेमा आइतबारदेखि देशमा आफ्ना गतिविधिहरू बन्द गर्ने बताएको छ ।

टिकटकले जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन् । अमेरिकामा टिकटकलाई निरन्तरता दिन आवश्यक रहेको छ ।

टिकटकले भनेको छ- यदि अमेरिकी सरकारले आश्वासन दिएन भने, हामी जनवरी १९ मा टिकटकका सबै गतिविधिहरू बन्द गर्न बाध्य हुनेछौं ।

वास्तवमा, अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनायो । यदि टिकटकको मूल कम्पनी बाइटडान्सले आइतबारसम्ममा यसलाई बेचेको खण्डमा मात्र टिकटकलाई यो प्रतिबन्धबाट बचाउन सकिन्छ ।

टिकटकले यस कानूनको विरुद्धमा सर्वोच्च अदालतमा निवेदन दिएको थियो र यो अमेरिकामा रहेका आफ्ना लाखौं प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो ।

सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै