• २०८१ माघ ५ शनिबार

गोकुल बास्कोटाको प्रचण्डमाथि कटाक्ष- सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ र ?

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र खतरामा परेको जिकिर गरेपछि सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न खोजेको आरोप लगाएका छन् ।

उनले लेखेका छन् ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन।बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाईन पनि भुटान भ्रमण प्रभावी हो?प्रमाण त छैन तर शंकाको सुविधा पाईयो । सजिलै गणतन्त्र खतरामा ? आउछ के र को ? जवाफ खै?’

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए- ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ ।'

सत्ताबाट बाहिर पुगेपछि प्रचण्डले यस्ता अभिव्यक्ति पटक पटक दिदै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै