काठमाडौँ । ब्राजिलियन सुपरस्टार फुटबलर नेइमार साउदी प्रो लिगको बाँकी सिजनका लागि पनि दर्ता नहुने भएका छन् ।
लामो इन्जुरीपछि खेलमा फर्किएका नेइमार पूर्ण रुपमा लिग खेल्न सक्ने अवस्थामा अहिले पनि नरहेको भन्दै अल हिलालले बाँकी सिजनका लागि पनि लिगमा दर्ता नगर्ने भएको हो ।
अल हिलालका प्रशिक्षक जर्ज जेससले नेइमार साउदी लिगमा दर्ता नहुने तर उनी एशियन च्याम्पियनसिप भने खेल्ने बताएका छन् । उनले भने- 'उनी विश्वस्तरीय छन् । तर सत्य यो पनि हो कि, शारीरिक रूपमा नेइमार अब हाम्रो अभ्यस्त स्तरमा प्रदर्शन गर्न सक्दैनन् ।'
मिडिया रिपोर्टका अनुसार नेइमारले छिट्टै अल हिलालसँगको आफ्नो सम्झौता रद्द गरेर ब्राजिलकै लिगमा वा अमेरिकन लिगमा जाने तयारी गरेका छन् ।