• २०८१ माघ ३ बिहीबार

ट्वीटर किन्नु अघिनै शेयर किनेको आरोपमा मस्कविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । एलन मस्कले सन् २०२२ मा सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर) अधिग्रहण गरेका थिए । तर, अब मस्कको त्यो सम्झौता विवादमा परेको छ । अमेरिकी बजार नियामक आयोग सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले मस्कविरुद्ध मुद्दा दायर गरेको छ ।

एसईसीले मस्कले एक्स किन्नु अघि नै यसको शेयर खरिद गरिसकेको र त्यसको जानकारी एसईसीलाई नदिएको आरोप लगाउदै मुद्धा दायर गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । नियम उल्लङ्घन गरेको आरोपमा एसईसीले मस्कविरुद्ध कानुनी कारबाही सुरु गरेको हो । मस्कले २०२२ को सुरुवातदेखि नै ट्विटरको शेयर किन्न थालेका थिए र मार्च २०२२ सम्ममा मस्कले ट्विटरको ५ प्रतिशतभन्दा बढी शेयरको स्वामित्व लिएका थिए । उजुरीमा मस्कले अप्रिल ४ सम्म यो खुलासा नगरेको र नियमहरूको उल्लङ्घन भएको बताइएको छ । मस्कले अक्टोबर २०२२ मा ट्विटर प्राप्त गरे र पछि यसलाई एक्स नाम दिएका थिए ।

एसइसीले मुद्दा दायर गरेको बारेमा मस्क वा एक्सबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अप्रिल २०२२ मा मस्कले ट्विटर प्राप्त गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि, उनले सम्झौताबाट पछि हट्ने प्रयास गरे, जसले गर्दा कम्पनीले उनलाई अधिग्रहणमा दबाब दिएकोमा मुद्दा दायर गर्यो ।

एसईसीले अप्रिल २०२२ देखि, मस्कले ट्विटरको अधिग्रहणको क्रममा कम्पनी र एसईसी फाइलिङसँग सम्बन्धित कुनै पनि धितोपत्र कानून उल्लङ्घन गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको छ । वर्तमान एसइसी अध्यक्ष ग्यारी जेन्सलरले जनवरी २० मा ट्रम्पको शपथ ग्रहणको दिन आफ्नो पदबाट राजीनामा दिने योजना बनाइरहेका छन् । यस्तो अवस्थामा, नयाँ प्रशासनले मस्कविरुद्धको मुद्दा जारी राख्ने वा नराख्ने भन्ने कुरा स्पष्ट छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै