• २०८१ माघ २ बुधबार

दक्षिण कोरियाका पुर्व राष्ट्रपति योल पक्राउ

kharibot

काठमाडौँ । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउपछि राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।

युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए, तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति निवासबाट उनलाई पक्राउ गरेर बाहिर निकालिएको बताएका छन् ।

दक्षिण कोरियाको अनुसन्धान एजेन्सी, भ्रस्टाचार अनुसन्धान कार्यालयले अनुसन्धानकर्ताहरूले बुधबार बिहान योललाई हिरासतमा लिइएको जानकारी दिएको छ ।

पक्राउ परेका राष्ट्रपति युन सुक-योलले एक भिडियो वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन् ।

आफ्नो सन्देशमा उनले भने, 'यो अवैध अनुसन्धान भए पनि मैले अनुसन्धानकर्ताहरु समक्ष उपस्थित हुने निर्णय गरे । रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ । यद्यपि, यसको अर्थ यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु ।'

तीन मिनेटको छोटो भिडियो सन्देशमा, उनले भनेका छन्, 'न त अनुसन्धान एजेन्सी न त उनीहरूलाई पक्राउ वारेन्ट जारी गर्ने अदालतहरूलाई त्यसो गर्ने अधिकार छ।'

यस अघि उनलाई पक्राउ गर्ने प्रयास उनका समर्थक र सुरक्षाकर्मीले असफल बनाइदिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै