• २०८१ पौष २१ आइतबार

निगमले पेट्रोल र डिजलको मुल्य बढायो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजल/मट्टीतेलको मुल्य बढाएको छ भने हवाई इन्धनको मुल्य घटाएको छ ।

निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ । त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । 

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६३ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ रहेको थियो ।  

त्यस्तै डिजल र मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ । यसअघि डिजल र मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ रहेको थियो । 

त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ २ रुपैयाँ घटेको छ । त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ डलरले घटाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोवाइन्ट मा बिक्री मुल्य कायम गरेको निगमले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै