• २०८१ पौष १२ शुक्रबार

जग्गा दान लिएको विरोध गर्ने पाण्डे र तिम्सिनालाई एमालेको कारवाही

kharibot

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई कारवाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो ।  

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय को जानकारी दिदै पाण्डे र तिम्सिनालाई यस विषयमा अघिल्लो बैठकले स्पष्टीकरण सोधेको र दुवैले आफ्नो गल्ति स्वीकार नगरेकोले दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको बताए ।

दुवैले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायीबाट दान लिने पार्टी निर्णयको विरोध गर्दै पार्टीका सदस्यबाट पैसा उठाएर कार्यालय बनाउनुपर्ने बताएका थिए ।

त्यस्तै वैठकले भीम रावललाई पनि कारबाही गरेको छ । बुधार बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।

रावलले सल्लाहकारको भूमिका ननिभाएको र उनले दिएका अभिव्यक्तिले पार्टीलाई कमजोर गरेको बताउदै पार्टीको संगठित सदस्यबाट निलम्बन गरिएको ज्ञवालीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै