• २०८१ पौष १० बुधबार

सहकारी ठगीको अभियोगमा एमालेकी पूर्वसांसद मिना गुरूङ पक्राउ

kharibot

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखिएको रकम ठगी अभियोगमा पूर्वसांसद मिना गुरूङ पक्राउ परेकी छिन् ।

नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी अभियोगमा उनको निवासबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन् । उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए ।

त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ ।

सूर्यदर्शन सहकारी ठगीका विषयमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा गुरूङलाई पनि प्रतिवादी बनाइएको थियो ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ६३ जनालाई सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाउदै १ अर्ब ५१ करोड रूपैयाँ असुल्न माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै