• २०८१ पौष १० बुधबार

आजपनि भएन रवि लामिछानेको बयान

kharibot

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान मंगलबार पनि भएन ।

पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई बिहानै लगिएपनि रविलाई दिनभर कास्की जिल्ला अदालत परिसरमै राखिएको हो । आइतबार विभिन्न तीन अभियोगमा मुद्दा दर्ता गरिएपछि रविलाई सोमबार पनि बयानका लागि अदालत लगिएको थियो । तर मंगरबार पनि उनको बयान हुन सकेन ।

पूर्वडीआईजी जोशीसँगको बयान भने मंगलबार सकिएको छ । उनलाई न्यायाधीश नितिज राईले लगातार दुई दिन २३ प्रश्न सोधेका थिए । जोशीले आफूमाथि लागेका सबै आरोपको इन्कार गरेका थिए ।

छविसँगको बयान सकिएपछि मंगलबार अदालतमा अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको छ । अर्का प्रतिवादी खनालको बयानपछि मात्र रविको बयान हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै