काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेका छन् ।
गौतमले आज डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।
गौतमले गठन गरेको टोलीले अब एकीकृत समाजवादीसँग छलफल गर्नेछ । एकीकृत समाजवादीले पनि माधवकुमार नेपाल, प्रमेस हमाल र बलराम बाँस्कोटा रहेको वार्ता टोली गठन गरेको छ । बुधबार यी दुवै टोलीले वार्ता गर्ने तय भएको छ ।
एमाले विभाजनपछि नेकपा एकता अभियानको संयोजक बनेका थिए । केही दिनमै उनी एकीकतृ समाजवादी प्रवेश गर्ने तयारीमा लागेका छन् । एकीकृत समाजवादीमा उनी तेस्रो वरीयता लिएर प्रवेश गर्ने तयारी गरेका छन् ।