• २०८१ पौष ६ शनिबार

एनपीएल फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्बाधिक ६९ रन बनाएका थिए भने बिनोद भण्डारीले ४१ रन बनाएका थिए । त्यस्तै ब्राण्डन म्याकुलन र हर्मीत सिंहले १४-१४ रन बनाएका थिए भने स्कट कुगेलेइजिनले १३ रन बनाएका थिए ।

त्यस्तै जनकपुर बोल्ट्सका बलर किशोर महतो र मोहमद मोशिनले ३-३ विकेट लिएका थिए भने जेम्स निशाम र ललित राजबंशीले १-१ विकेट लिएका थिए ।

अब पहिलो सिजनको एनपीएलको उपाधि जित्न जनकपुर बोल्ट्सले १८५ रन बनाउनु पर्ने भएको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै