• २०८१ पौष ६ शनिबार

सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा दर्ता

kharibot

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिल कास्कीले रविसहित सूर्यदर्शन सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्न लागेको हो ।

तर सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने बताइएको छ ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै