• २०८१ पौष ६ शनिबार

फ्रान्समा पत्नीलाई बलात्कार गराउने श्रीमानसहित ५० जनालाई २० बर्षको जेल सजाय

kharibot

काठमाडौँ । फ्रान्समा आफ्नी श्रीमतीलाई लागूऔषध खुवाएर अज्ञात व्यक्तिबाट १० वर्षसम्म बलात्कार गर्ने श्रीमान र अन्य ५० जना बलात्कारका अभियुक्तलाई २० वर्षको जेल सजाय सुनाइएको छ । दक्षिणी फ्रान्सको एभिग्नन अदालतले बिहीबार आफ्नो फैसला सुनाएको हो ।

७२ वर्षीय आरोपी पतिको नाम डोमिनिक पेलिकोट हो । फ्रान्स २४ को रिपोर्ट अनुसार डोमिनिककी श्रीमती गिजेल पेलिकोटविरुद्ध ९१ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । जसमध्ये ७२ अभियुक्तको पहिचान भएको थियो, जसमध्ये ५१ पक्राउ परेका थिए । यी सबै अभियुक्तहरू डोमिनिकसँग इन्टरनेटमार्फत सम्पर्कमा आएका थिए ।

५१ अभियुक्तमध्ये ५० जनामाथि बलात्कारको आरोप छ । यसबाहेक, एक अभियुक्तले गिजेलसँग माफी मागेका थिए, उनी यौन उत्पीडनको दोषी घोषित भएका थिए । सुनुवाइका क्रममा ५१ मध्ये ३२ जना धरौटीमा छुटेका थिए । यसप्रति गिजेलले पनि असन्तुष्टि जनाएकी थिइन् ।

महिलालाई बलात्कार गर्नेमा फायरम्यान, लरी चालक, नगरपालिका काउन्सिलर, बैंक कर्मचारी, जेल गार्ड, नर्स र पत्रकार रहेका छन् । प्रहरीका अनुसार तीमध्ये धेरैले महिलालाई एक पटक र कसैले ६ पटकसम्म बलात्कार गरेका छन् । यी अभियुक्तहरुको उमेर २६ देखि ७३ वर्षको बीचमा रहेको छ ।

यो घटनापछि आधुनिक र प्रजातान्त्रिक देशको पहिचान भएको फ्रान्समा महिलाको सुरक्षालाई लिएर जनतामा बहस सुरु भएको छ । यो कुरा बाहिर आएपछि फ्रान्सका विभिन्न सहरमा प्रदर्शन पनि भएको थियो । बिहीबार अर्थात आज सुनुवाइका क्रममा पनि धेरै प्रदर्शनकारी अदालतको बाहिर प्रदर्शन गरेका थिए ।

प्रहरीका अनुसार आरोपी पेलिकोट वेवसाइटमार्फत पुरुषसँग सम्पर्कमा आएर फोन गर्ने गर्थे । आफ्नी श्रीमतीलाई गहिरो निन्द्रा दिन उनले खाना र पेय पदार्थमा निद्राको चक्की मिसाउने गर्थे । त्यसपछि उनले मानिसहरूलाई बोलाएर बलात्कार गराउथे । उनले घटनाको भिडियो पनि बनाएको प्रहरीको दाबि छ ।

रिपोर्टका अनुसार बलात्कारको घटना २०११ देखि २०२० सम्म भएको थियो । महिलाका वकिलका अनुसार श्रीमतीलाई यस्तो बेहोस अवस्थामा राखिएको थियो कि उनलाई अपराधको बारेमा थाहा नै भएन । यससँग जोडिएको एउटा घटना पनि उनलाई याद छैन । वकिलले २०२० मा एक अपराधको अनुसन्धानका लागि प्रहरीले महिलालाई बोलाउँदा यो चकित पार्ने कथा थाहा भएको थियो ।

लागूऔषधका कारण कपाल झर्न थालेको र तौल घट्दै गएको महिलाले बताइन् । उनको स्मरणशक्ति कमजोर हुँदै गइरहेको थियो र उनले ती कुराहरू पनि बिर्सन थालेकी थिइन् । उनका छोराछोरी र साथीहरूले सो महिलालाई अल्जाइमर भएको बताएका थिए ।

प्रहरीले सपिङ सेन्टरमा गुपचुप रुपमा महिलाहरुको फिल्म खिचिरहेको बेला सेप्टेम्बर २०२० मा आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले उनको कम्प्युटर जाँच गर्दा श्रीमतीको सयौं भिडियो भेटिए जसमा उनी बेहोस अवस्थामा देखिएकी थिइन् । भिडियोमा फरकफरक व्यक्तिहरु थिए ।

प्रहरीले कम्प्यूटरमा एउटा वेबसाइटमा च्याट पनि फेला पारेको थियो जसमा उनले अपरिचित व्यक्तिहरूलाई आफ्नो घरमा बोलाउने गरेको खुलासा भएको थियो । प्रहरीले यो वेबसाइट बन्द गरेको छ । आरोपितले आफ्नी श्रीमतीलाई उच्च मात्रामा ट्रान्क्विलाइजर खुवाउने गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार घरमा आएपछि महिलालाई केही नराम्रो नगर्ने र तुरुन्तै फर्केका तीन जना मात्रै रहेको अनुसन्धानबाट खुलेको छ । बाँकी सबै ७२ जनाले अपराध गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै