सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा एक घरमा सुतिरहेका दुई जनाको मृत्यु भएको छ । घरभित्र सुतिरहेका आमा छोरा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर पुगेको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेको र बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको बताइएको छ ।
जाडोमा घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।