• २०८१ असार ९ आइतबार

खेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन

kharibot

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका छन् ।

उनीहरुले २०८१ साल मंसिर २ देखि ९ गतेसम्म हुने १० औं राष्ट्रिय खेलकुदको उद्घाटन स्थलमा निर्माणाधीन रंगशाला र अन्य पूर्वाधारको अवलोकन गर्नुका साथै १० औं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी लिएका थिए ।

सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार र तयारीको प्रगति बारे प्रकाश पारेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय