• २०८१ पौष ४ बिहीबार

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

kharibot

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाले रद्ध भएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाउदै एक रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो । यस खेलमा नेपालले टस जितेर श्रीलंकालाई पहिला ब्याटिंगका लागि बोलाएको थियो । 

अब खेल हुनसक्ने अवस्था नभएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् ।

सुपर फोरमा नेपालको २ खेलमा २ अंक भएको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र शिर्ष स्थानमा छ भने नेपाल २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बंगलादेशको पनि २ खेलमा २ अंक रहेको छ र तेस्रो स्थानमा छ भने श्रीलंका २ खेलमा एक अंकसहित चौथो स्थानमा रहेको छ । 

आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाइ पराजित गरेको थियो । 

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको रुपमा सुपर फोरमा पुगेको छ भने श्रीलंकाले एक खेल जितेर उपविजेता बन्कोदै सुपर फोरमा पुगेको छ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै