काठमाडौँ । जारी महिला यू-१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान महिला टिमले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको हो ।
पाकिस्तानका लागि कोमल खानले सर्बाधिक ३८ रन बनाएकी थिइन् भने मोहम अनीजले २९ रन बनाएकी थिइन् ।
खेलमा नेपाली बलर पुजा महतोले २ विकेट लिएकी थिइन् भने रचना चौधरी, अनु कडायत र सीमाना केसीले एक एक विकेट लिएका थिए ।