• २०८१ पौष ४ बिहीबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

kharibot

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर साविक श्रीपुर गाविस-३ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ४० वर्षीय विशाल कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै