Skip This
  • २०८१ फाल्गुण २७ मंगलबार

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

kharibot

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नत कुमार राठी, काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् । 

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी सम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै