काठमाडौँ । भारतका चर्चित तबला बाधक उस्ताद जाकिर हुसेनको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा निधन भएको हो । हुसेनको परिवारले अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जानकारी दिएको हो।
जाकिर हुसैनको मृत्यु फोक्सोसँग सम्बन्धित ‘इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस’का कारणले भएको विज्ञप्तिमा परिवारले जनाएको छ । हुसेन विगत दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।
प्रसिद्ध तबला वादक उस्ताद अल्लाह राखका छोरा जाकिर हुसैनको जन्म मार्च ९, १९५१ मा भएको थियो। उनलाई आफ्नो पुस्ताका उत्कृष्ट तबला वादकहरूमध्ये एक मानिन्छ । उनको श्रीमती एन्टोनिया मिनेकोला र छोरीहरू अनिशा कुरैशी र इसाबेला कुरेशी रहेका छन् ।
उनले तबलाको तालिम बुबाबाट लिएका थिए । उस्ताद जाकिर हुसैनको व्यक्तित्वको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि उनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । अर्थात् उनी र तबला करिब ६२ वर्षदेखि अलग भएनन् । उनले तीनवटा ग्रामी अवार्ड जितेका थिए। पद्मविभूषणबाट पनि सम्मानित भएका थिए । उनले तबलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।