काठमाडौँ । अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २: द रुल’ ले बक्स अफिसमा धमाका मचाएको छ ।
सुकुमारद्वारा निर्देशित फिल्मले दुई दिनमै भारतीय बक्स अफ्रिसमा तीन दिनमा ४०० करोडको आँकडा पार गरेको छ ।
‘पुष्पा २: द रुल’ ले तेस्रो दिन ११५ करोड कमाई गरेको छ ।
यसअघि फिल्मले पहिलो दिन १६४.२५ करोडको कीर्तिमान ओपनिङ गरेर इतिहास रचेको थियो । त्यस्तै दोस्रो दिन ९३.८ करोडको व्यापार गरेको थियो । फिल्मले तेस्रो र सप्ताहन्तको दिनमा कुल ११५ करोड रुपैयाँ कमाएको छ । चौथो दिनको प्रारम्भिक तथ्यांक अनुसार फिल्मले डिसेम्बर ८ गते बिहानसम्म २० करोड कमाएको छ । योसँगै अल्लु स्टारर ‘पुष्पा २’ ले ४०४.५७ करोडको आँकडा पार गरेको छ ।
बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ पाँच भाषा (तेलुगु, हिन्दी, मलयालम, तमिल र कन्नड) मा पर्दामा रिलिज भएको छ । उत्तरमा अल्लु अर्जुनको फ्यान फलोइङको अनुमान ‘पुष्पा २’ तेलुगु फिल्म भए पनि हिन्दीमा सबैभन्दा बढी व्यापार गरिरहेको तथ्यबाट पनि लगाउन सकिन्छ । ‘पुष्पा २: द रुल’ ले तीन दिनमा हिन्दी भाषामा मात्रै २००.७ करोडको बम्पर कमाइ गरेको छ । अन्य भाषाको कुरा गर्ने हो भने फिल्मले तेलुगुमा १५१.०५ करोड, मलायालममा ८.५ करोड, तमिलमा २१ करोड र कन्नडमा २.४५ करोडको व्यापार गरेको छ ।
फिल्मले आइतवार (बिदा) को फाइदा पाउने र यसको कलेक्शनमा बम्पर जम्प आउने अपेक्षा गरिएको छ ।