• २०८१ पौष १ सोमबार

जेलबाट रिहा भए अभिनेता अल्लु अर्जुन

kharibot

काठमाडौँ । भारतीय अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् ।

हैदरावाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेश गरेको थियो । त्यसको केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। तर, उनलाई आज बिहान मात्र रिहा गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अल्लु अर्जुनका वकिल अशोक रेड्डीले अल्लु अर्जुन शनिबार बिहान रिहा भएको जानकारी दिएको रिपोर्टमा उल्लेख छ ।

चलचित्र ‘पुष्पा–२ : द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध मुद्दा दायर भएको थियो । सो आरोपमा उनलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै