काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने प्रहरी हिरासतमा रहेको ५५ दिन पुगेको छ । यसअघि उनलाई कास्कीबाट रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पुर्याएर बयान लिईएको थियो ।