पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । रविलाई बुद्ध एयरको उडानबाट पोखरा पुर्याइएको हो ।
बुधबार बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई पोखरातर्फ लगिएको हो ।
रविलाई पोखरा पुर्याएसँगै रास्वपाका कार्यकर्ताहरूले पोखराकै पृथ्वीचोकमा प्रदर्शन गरेका थिए ।
रविलाई पोखराबाट बयानका लागि वीरगन्ज लगिएको थियो । मंगलबार बयान सकेर आज पोखरा फर्काइएको हो ।