• २०८१ मङ्सिर २८ शुक्रबार

लामिछानेमाथि दुर्व्यवहार भएको भनिएको घटनाप्रति मानव अधिकार आयोगले छानबिन गदै

kharibot

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरू गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुर्व्यवहार गरिएको भन्ने विषयमा अनुसन्धान सुरू गरेको आयोगले जनाएको हो ।

यस सम्बन्धमा सोमबार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताए ।

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै