काठमाडौँ । साउदी अरेबियाले २०३४ को विश्वकप आयोजना गर्ने भएको छ ।
फिफाले आधिकारीक जानकारी दिदै २०३४ को फुटबल विश्वकप साउदी अरेबियाले आयोजना गर्ने जानकारी दिएको हो ।
२०३४ को विश्वकप आयोजनाका लागि साउदी अरेबिया एक मात्र दाबेदार रहेको थियो ।
त्यस्तै २०३० को विश्वकप आयोजना भने स्पेन-पोर्चुगल र मोरक्को तथा अर्जेन्टिना पराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकपको सय बर्ष पुगेको अवसरमा फिफाले दक्षिण अमेरिका र युरोपका ६ देशमा विश्वकप आयोजना गर्ने निर्णय गरेको जनाएको छ । अर्जेन्टिना, पराग्वे र उरुग्वेमा प्रारम्भका केहि खेलहरु हुने भएका छन् ।
१९३० मा उरुग्वेले पहिलो विश्वकपको आयोजना गरेको हुनाले त्यसैको सम्झनामा उरुग्वेसहित दक्षिण अमेरीकी तीन देशमा विश्वकपका केहि खेल खेलाइने फिफाको योजना छ ।