काठमाडौं । संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यो बैठक अपराहन्न २ बजे बस्दै छ ।
त्यस्तै, अपराहन्न साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने एजेन्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।