पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
शु्क्रबार मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन् ।
आयोगका प्रतिनिधिहरुसँग रास्वपा सभापति लामिछानेले आफूलाई अमानवीय व्यवहार गरिएको र मध्यरातमा जबरजस्ती चितवनबाट पोखरा ल्याइएको जानकारी गराएका थिए । उनले चितवनबाट मध्यरातमा पोखरा ल्याउनेक्रममा गरिएको व्यवहार बारे छानविनका लागि मानव अधिकार आयोगको टोलीको ध्यानाकार्षण गराएका थिए ।
लामिछानेलाई चितवनमा बयान सकिएपछि बुधबार राति पोखरा ल्याइएको थियो ।