• २०८१ मङ्सिर २० बिहीबार

दक्षिण कोरियाको घटनाक्रममा अमेरिकाको कस्तो छ प्रतिक्रिया ?

kharibot

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनाक्रम बारे प्रतिक्रिया दिएको छ ।

विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनाहरूलाई संयुक्त राज्य अमेरिकाले नजिकबाट अनुगमन गरेको उल्लेख गर्दै राष्ट्रपति युन सुक-योलले मार्सल ल फिर्ता लिने निर्णयको स्वागत गरेको छ । 

अमेरिकाले राजनीतिक मतभेदहरू शान्तिपूर्ण र कानून बमोजिम समाधान हुने विश्वास व्यक्त गरेको छ ।

अमेरिकाले भनेको छ- 'हामी कोरियाली जनता र प्रजातन्त्र र कानूनको शासन अन्तर्गत अमेरिका-कोरिया गठबन्धनको लागि हाम्रो समर्थनलाई पुन: पुष्टि गर्दछौं ।'

मंगलबार राती दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल लको घोषणा गरेका थिए । तर दक्षिण कोरियाको नेशनल एसेम्बलीमा सांसदहरुले राष्ट्रपतिको यो निर्णय बहुमतले उल्टाएका थिए । त्यसपछि बुधबार बिहान मार्सल ल लगाउने आदेश फिर्ता लिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै