• २०८१ असोज ३ बिहीबार

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

kharibot

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार उनीहरुबीच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो ।

गृहमन्त्री लेखकले आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धन लगायतका चासो राखेका हुन् । आफू श्रममन्त्री हुँदा कोरियासँग सम्झौता भएको रोजगार अनुमति प्रणाली (इपीएस) को राम्रो कार्यान्वय भएको बताए बताए । नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि कोरियाले गरेको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिए ।

गृहमन्त्री लेखकले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले नेपालको उर्जा क्षेत्रमा पनि लगानी गर्न कोरिया तयार गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै