• २०८१ मङ्सिर २० बिहीबार

गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्रीको निर्देशन

kharibot

बारा । गृहमन्त्री रमेश लेखकलेबब बाराको वरियारपुरस्थित गढीमाईको पूजा अर्चना गरेका छन् ।

गृहमन्त्री लेखकले लाखौं श्रद्धालु भक्तजनहरुको भिडभाडमा  उपस्थित भई पुजा गरेका हुन् । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दैगढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए । 

गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।

मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले  आवश्यक परेमा थ सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले पुजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी,  सुरक्षा निकायका प्रमुखसँगसंग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिएका थिए । 

मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस । सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै