काठमाडौं । नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको जानकारी दिएका छन् ।