• २०८१ मङ्सिर २० बिहीबार

विजय बरालले गरे ‘लाज शरणम्' को छायांकन

kharibot

काठमाडौँ । सुपरहिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य अभिनेता विजय बरालले नयाँ फिल्म ‘लाज शरणम्’ को छायांकन सकाएका छन् ।

उनले सोमबार र मंगलबार माइतीघरस्थित खाद्य गोदाममा छायांकन गरेको निर्माण पक्षले जानकारी दिएको छ । उनको भूमिकाबारे स्पष्ट जानकारी दिइएको छैन । उनले ‘पूर्ण बहादुरको सारङ्गी’ को सफलतापछि छायांकन गरेको यो पहिलो फिल्म हो ।

दशैंअघि डोल्पामा ‘लाज शरणम्’को पहिलो चरणको छायांकन गरिएको थियो । केही दिनअघिबाट काठमाडौं तालिका सुरु भएको हो । अब ५ दिनको छायांकनका लागि निर्माण टिम मुस्ताङ प्रस्थान गर्ने बताइएको छ । फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (महाशिवरात्रि) लाई यस अघि नै घोषणा गरिसकिएको छ । यसै मितिमा अभिनेता पल शाह स्टारर फिल्म ‘मायावी’ पनि रिलिज हुने भएको छ ।

कुमार कट्टेल (जिग्री)को निर्देशन रहेको फिल्ममा विजयका साथै सीताराम कट्टेल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बू, ‘सक्किगोनि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राराई, कमलमणी नेपाल लगायतको अभिनय छ । यो फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह छन् ।

अभिनेता बरालले अब केही समय नाटकलाई समय दिने बताउदै आएका छन् । उनले नाटक ‘हरि हजुरबा’ गर्ने बताएका छन् । बुधबारबाट उनी यही नाटकको रिहर्सलमा व्यस्त छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै