काठमाडौँ । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्नले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखको जितमा खेलको ३८औ मिनेटमा किम मिन जाइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बायर्न म्युनिख ५ खेलमा ९ अंक सहित ११औ स्थानमा उक्लिएको छ भने पीएसजीको ५ खेलमा केवल ४ अंक रहेको छ र २६औ स्थानमा रहेको छ ।