• २०८१ मङ्सिर ११ मंगलबार

दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा पेश गरियो

kharibot

काठमाडौं । साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

प्रसाईँका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीपत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईँलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो ।

सोही आदेश बमोजिम सरकारले प्रसाईँलाई आज सर्वोच्चमा उपस्थित गराएको हो । प्रसाईँको आजै बयान गराइने र लिखित जवाफ पनि आजै पेश भएको खण्डमा सुनुवाइसमेत हुनसक्ने बताइएको छ । 

प्रसाई मङ्सिर ४ गते भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका थिए । उनलाई पहिलो पटक ५ दिनको म्याद थपेको थियो भने दोस्रो पटक मङ्सिर ९ गते थप पाँच दिनका लागि म्याद थप गरेको थियो ।

प्रसाईमाथि कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै