• २०८१ मङ्सिर १० सोमबार

रास्वपाका सांसदविरुद्धको अवहेलना मुद्धा 'हेर्न नभ्याइने' मा

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र सांसदहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्धाको आजको पेशी 'हेर्न नभ्याईने' मा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएकोमा 'हेर्न नभ्याईने' मा परेको हो ।

रास्वपाका २० सांसद र पदाधिकारी रवि लामिछाने पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएपछि अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए । यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको सो मुद्धा न्यायाधीश विनोद शर्माको इजलासको आदेश अनुसार दर्ता भएको थियो ।

अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको मुद्धामा अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने र जनमासलाई उचालेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अवहेलना मुद्धा दायर गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै