Skip This
  • २०८१ मङ्सिर ५ बुधबार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । 

मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठक आज बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा ३ बजे हिजोको बैठकलाई निरन्तरता दिने गरि बस्न लागेको जानकारी दिएका छन् ।  बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । 

रास्वपामा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा गर्ने भनिएको आन्दोलन बारे विवाद रहेको छ । 

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलित रहेको रास्वपामा आन्दोलनलाई निरन्तरता दिने की नदिने भन्नेमा विवाद रहेकाले आन्दोलन प्रभावकारी हुन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै