• २०८१ जेठ ६ आइतबार

‘बुलबुल’ मा टेम्पो ड्राइभरको भूमिकामा स्वस्तिमा

kharibot

काठमाडौँ ।  अभिनेत्री स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । 

झण्डै २ महिनासम्म टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् । सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो

स्वस्तिमाका अलावा ‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस फिल्मलाई विनोद पौडेलले निर्देशन गर्दैछन् छन् भने फिल्ममा उनकै कथा तथा पटकथा छ । फिल्म निर्देशनमा पौडेलले यस फिल्मबाट देभ्यु गर्दै छन् ।   

राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस फिल्ममा देखाइने भएको छ । कार्यक्रममा स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, 'पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।' 

अहिले फिल्मको वर्कशप चलिरहेको छ । उक्त फिल्मका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस फिल्मलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । निर्देशक पौडेलले कथाअनुसार पात्र र नाम चयन गरेको बताए । उनी 'बुलबुल' बनिरहेका फिल्मभन्दा फरक हुने दाबी गर्छन् । 
 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै