• २०८१ कार्तिक ६ मंगलबार

बलिवुडको धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर अदार पूनावालाले किने

kharibot

काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सनमा अदार पूनावाला आधा सेयर होल्डर हुने भएका छन् ।

अदार पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको हो ।

अदार पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् । यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेको धर्म प्रोडक्सनले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

धर्मा प्रोडक्सनले अदार पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्माटिक इन्टरटेनमेन्ट (संयुक्त रूपमा धर्म भनेर चिनिने) मा एक-एक हजार करोड रुपैयाँ लगानी गरेको बताएको छ ।

करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो । २,००० करोडको लगानीमा, सिरिन प्रोडक्सनको धर्मा प्रोडक्सनमा अब ५० प्रतिशत हिस्सेदारी छ । बाँकी ५० प्रतिशत सेयर करण जोहरको रहेको नै हुने छ ।

कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्ने बताइएको छ ।

यो सहकार्य भारतीय सिनेमालाई विश्वमा लैजान महत्वपूर्ण कदम हुने धर्मा प्रोडक्सनले उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै