• २०८१ कार्तिक ६ मंगलबार

मुश्किलमा एकता कपुर 

kharibot

काठमाडौँ । बलिवुडकी निर्माता एकता कपूरविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

एकताको निर्माण कम्पनी अल्ट बालाजीको वेब सिरिज ‘गन्दी बात’ मा नाबालिग किशोरीहरुको बोल्ड दृश्यलाई लिएर यो मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जुन भागलाई लिएर आरोप लगाइएको छ त्यो अब प्रसारण भने भएको छैन । ‘अल्ट बालाजी’को वेब सिरिज ‘गन्दी बात’ को यो शोमा बोल्ड कन्टेन्ट रहेको र धार्मिक भावनामा ठेस पुर्‍याएको पनि आरोप लगाइएको छ ।

एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध पोक्सो ऐन (प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस एक्ट) अन्तर्गत मुम्बईको बोरिवलीस्थित प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । दर्ता गरिएको मामिलामा भनिएको छ- फेब्रुअरी २०२१ र अप्रिल २०२१ को बीचमा ‘अल्ट बालाजी’ मा देखाइएको वेब सिरिज ‘गन्दी बात’ मा नाबालिग किशोरीहरूको बोल्ड दृश्य देखाइएको थियो ।

शोमा युनिफर्ममा स्कुलका बालबालिकालाई चुम्बन गरेको र शोमा चुरोटको विज्ञापन प्रयोग गरी महापुरुष तथा सन्तको अपमान गरिएको उजुरीमा उल्लेख छ । मुम्बईको सत्र अदालतको आदेशमा एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

यस वेब सिरिजमा परेको उजुरीमा अर्को आरोपमा चुरोटको विज्ञापन प्रयोग गरेर महापुरुष र सन्तहरूको अपमान गरिएको छ भने यी दृश्यमा आपत्तिजनक र भावनात्मक कुराहरू पनि भनिएको छ ।

बालबालिकाहरूलाई यौन अपराधबाट सुरक्षा दिनको लागि पोक्सो ऐन बनाइएको हो । यसअन्तर्गत विभिन्न किसिमका अपराधका लागि व्यवस्था गरिएको छ । पोक्सो ऐनको धारा १३ र १५ अन्तर्गत बालबालिकासँग सम्बन्धित अश्लील सामग्रीसँग सम्बन्धित अपराधमा सजायको प्रावधान छ । यसअन्तर्गत बालबालिकालाई ‘अश्लील प्रयोजन’का लागि प्रयोग गरेमा न्यूनतम पाँच वर्ष र बढीमा सात वर्षसम्म जेल सजाय हुनसक्छ । कसैले बाल अश्लील सामग्री राखेमा वा सङ्कलन गरे तर त्यसलाई नष्ट नगरे वा कुनै अधिकारीलाई खबर गरेमा कम्तीमा ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । यी आरोपबारे अहिलेसम्म न एकता कपुर न त उनकी आमाले कुनै बयान दिएका छन् । यस सिरिजका अहिलेसम्म सात सिजन रिलिज भइसकेका छन् ।

आइएमडिबिले यो शृङ्खलालाई हत्या रहस्य कामोत्तेजक थ्रिलरको रूपमा वर्णन गरेको छ । यसलाई सचिन मोहितेले निर्देशन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै