• २०८१ असोज २९ मंगलबार

एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !

kharibot

काठमाडौँ । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।

रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको स्विडिस मिडियाले उल्लेख गरेका छन् । स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको रिपोर्टमा उल्लेख छ ।

फ्रान्सको राष्ट्रिय टिममा नपरेका एम्बाप्पे अन्तर्राष्ट्रिय ब्रेकमा निजी भ्रमणका क्रममा हालै स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले प्रमाणको रुपमा प्रहरीले कपडा बरामद गरेको र अहिलेसम्म औपचारिक रुपमा आरोप दर्ता भने नगरिएको उल्लेख छ ।

अर्कोतर्फ एम्बाप्पेले भने यस रिपोर्टलाई 'फेकन्यूज' भन्दै पिएसजीसँग आफ्नो विवाद बारे अदालतमा सुनुवाईको दिननै यस्तो समाचार आउनु अपेक्षा अनुसार नै भएको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीले एम्बाप्पेविरुद्ध स्वीडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र स्विडिस मिडियामा चलाइएको यो खबरविरुद्ध कानुनी उपचारमा जाने एम्बाप्पेले बताएको उल्लेख छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै