• २०८१ कार्तिक ५ सोमबार

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

kharibot

काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो ।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै