• २०८१ कार्तिक ५ सोमबार

ओमानका इलियास विराटनगरबाट एनपीएल खेल्ने

kharibot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी विराटनगर किंग्सले ओमानका कप्तान अकिब इलियासलाई भित्राएको छ । 

विराटनगरले एनपीएलका लागि ओमानका कप्तान तथा अलराउन्डर अकिब इलियासलाई भित्र्याएको जानकारी दिएको छ ।

अकिब नेपाल प्रिमियर लिगका लागि अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रेस गौसलाई आवद्ध गरेको थियो । 

विराटनगर किंग्सले मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओ ब्राइनलाई नियुक्त गरेको छ । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै